• २०८१ बैशाख ८ शनिबार

हारका बाबजुद रियल म्याड्रिड कोपाको क्वाटरफाइनलमा 

kharibot

काठमाडौँ । रियल म्याड्रिड हारका बाबजुद कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको अन्तिम १६ को दोस्रो लिगमा लेगानेजसँग १-० ले पराजित भएपनि पहिलो लिगमा ३-० को जितको आधारमा समग्रमा ३-१ ले जित हासिल गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

गत बर्ष लेगनेजसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको रियल यस पटक भने दोस्रो लिगमा पराजित भएर पनि क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

यस खेलमा लेगानेजका लागि खेलको ३०औ मिनेटमा मार्टिन ब्रेथवेटले खेलको एक मात्र गोल गरेका थिए ।

रियलका लागि स्पेनिस मिडफिल्डर इस्कोले यस खेलमा सुरुवातमै मौका पाएपनि खेलमा प्रभाव पार्न असफल बनेका थिए । रियलको पछिल्लो ४ खेलमा यो दोस्रो हार हो । रियलका अहिले टोनी क्रुज, ग्यारेथ बेल, मार्को एसेन्सियो जस्ता खेलाडी घाइते भएर टिम बाहिर हुदा संकट बढेको छ ।

रियल म्याड्रिडले अब ला लिगा अन्तर्गत शनिबार सेभिल्लासँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै