• २०८१ बैशाख ८ शनिबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

kharibot

हिलिहाङ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । 

दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका थिए । 

घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।

लालीखर्कवाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नंको ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै