• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा चोभारस्थित सुक्खा बन्दरगाह शिलान्यास

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारस्थित सुक्खा बन्दरगाह शिलान्यास गरेका छन् । स्थानीयको विरोधका कारण यसअघि रोकिएको सुक्खा बन्दरगाह (काठमाडौं कन्टेनर फ्रेट स्टेसन) प्रधानमन्त्री ओलीले बिहीबार शिलान्यास गरेका हुन् ।

गत असोज ३० गते बन्दरगाहको भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम स्थानीयवासीको विरोधका कारण रातारात स्थगित भएको थियो। स्थानीयवासीको विरोध भने अहिले पनि जारी नै छ। 

स्थानीयबासीले २०–३० वर्षका लागि मात्रै उपभोग हुने गरी भौतिक पूर्वाधार गर्नुभन्दा सय डेढसय वर्षसम्म उपभोग हुन सक्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने माग अघि सार्दै आएका छन् । 

उनीहरूले बन्दरगाहभन्दा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने समेत माग राखेका छन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै