• २०८१ बैशाख १३ बिहीबार

सेयरबजार ओर्लियो, ३ वटाले कमाउँदा ८  समूहको गुम्यो

kharibot

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्सेमा झिनो अंकले गिरावट आएको छ ।

नेप्से आज शून्य दशमलव दुई अंंकले घटेर ११ सय ८७ दशमलव ७७ विन्दुमा झर्दा सेन्सिटिभ पनि शून्य दशमलव पाँच अंकले घटेर दुई सय ५१ दशमलव एक विन्दुमा झरेको छ । एक सय ६४ कम्पनीहरुको चार हजार आठ सय ९७ वट कारोबारम आठ लाख ३५ हजार आठ सय २६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २८ करोड ७७ लाख ५० हजार तीन सय २१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोबार हुंदा आठ वटा समुहले गुमाएकाछन भने तीन वटा समुहले कमाएका छन । गुमाउने समुहमा परेको बाँण्ज्यि बैंक समुहको सुचक दुई दशमलव ८१ अंकले घटेर एक हजार छ सय दशमलव ७९ विन्दुमा झर्दा बिकास बैंक समुहको सुचक पनि शून्य दशमलव ७२ अंकले घटेर १४ सय ६६ दशमलव २३ विन्दुमा झरेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक ६२ दशमलव ३६ अंकले घटेर पाँच हजार छ सय ८४ दशमलव सात विन्दुमा झरेको छ ।

जीवन बीमा, टे«ड्रिङ, होटल, फाईनान्स र उत्पादनमुलक समुहको सुचक पनि घटेकाछन । आज जलबिद्युत समुहको सुचक भने ४० दशमलव ८१ अंकले बढेर १३ सय २९ दशमलव ६७ विन्दुमा चढेको छ । यसैगरी अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानम परेको अपरतामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८९ पैसाले बढेर तीन सय ११ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ६६ पैसाले घटेर दुई सय ४३ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारम अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता दुई सय ९२ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ५१ लाख १९ हजार आठ सय २६ रुपैैयाँको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै