• २०८१ बैशाख ७ शुक्रबार

रुस्लान सिमरा गोल्ड कप : उद्घाटन खेलमा जन जागृतीको विजयी सुरुवात

kharibot

बारा । आयोजक नवजनजागृति यूवा क्लबले सिमरामा विहिवारबाट शुरु भएको रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणमा विजयी शुरुवात गरेको छ । 

घरेलु मैदानमा स्थानिय यूवा खेलाडीले भरिएको नवजनजागृतिले मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तव्ध पर्यो ।  नवजनजागृतिको जितमा निरज थापामगरले दुई र प्रज्वल थापामगरले एक गोल गरे । 

निकै प्रतिष्पपर्धात्मक देखिएको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएपनि दोश्रो हाफमा मकवानपुरमाथि आयोजक सिमरा हावी भयो । मकवानपुरविरुद्ध दोश्रो हाफमा तीन गोल गरेको आयोजक सामु मकवानपुरका खेलाडीले पहिलो हाफको लय कायम राख्न सकेन । 

खेलको ४६ औं मिनटमा आयोजकका सुरज ठकुरीले हानेको फ्रिकिक मकवानपुरका गोलरक्षक अनिश देउलाले समहाल्न नसक्दा आयोजकले अग्रता लियो । गोलरक्षक देउलाले पञ्च गरेको रिवाउण्ड बललाई सदुपयोग गर्दै आयोजकका निरज थापामगरले  गोलमा परिणत गरे । 

खेलको ६० औं मिनटमा आयोजकका लागि प्रज्वल थापामगरले अग्रता दोव्वर पारे । मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल डिबक्स भित्रै खोस्न सफल प्रज्वलले सहजै गोलमा परिणत गरे ।

खेलको ७१ औं मिनटमा मोहित गुरुङको क्रसमा निरज थापामगरले व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।  कर्नर एरियाबाट मोहितले डिबक्स भित्र निकालेको क्रसबल निरजले सहजै गोलमा परिणत गरे । 

जीतपछि आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले स्थानिय खेलाडीले भरिएको टिमको प्रदर्शनबाट आँफू खुशि भएको बताए । मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दोश्रो हाफमा आक्रामक खेल्न खोज्दा पराजय बेहोर्नु परेको बताए । 

खेलको म्यान अफ दि म्याच आयोजकका निरज थापामगर घोषित भए । उनले दशहजार नगद सहित ट्रफि प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार सशस्त्र प्रहरीको एपिएफ क्लब र विशाल मेमोरियल फाउण्डेशन वीरगंजबीच खेल हुनेछ । 

यस अघि विहिबार सिमरा रङ्गशालामा आयोजित उद्घाटन कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए । १२ माघ सम्म चल्ने प्रतियोगितामा १० टिम सहभागि छन् । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहित ट्रफि प्राप्त गर्ने छन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै