• २०८१ बैशाख १२ बुधबार

रेमिट्यान्स बढ्यो 

kharibot

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महीनामा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव आठ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो वर्ष यस्तो आप्रवाह तीन दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु चार खर्ब २८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव पाँच प्रतिशतले घटेको थियो । 

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४० दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई दशमलव पाँच प्रतिशतले घटेको थियो । मलेसिया जाने नेपालीको सङ्ख्या उल्लेख्यमात्रामा घटेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै