• २०८१ बैशाख ४ मंगलबार

डेम्बेले र मेसीको गोलमा बार्सिलोना कोपाको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको लेभान्टेविरुद्दको दोस्रो लिगमा बार्सिलोना ३-० ले विजयी भएपछि समग्रमा ४-१ को अग्रता सहित बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लिगमा २-१ गोल अन्तरले पराजित भएको बार्सिलोनालाई दोस्रो लिगमा उसमान डेम्बेले र लियोनेल मेसीले गोल गर्दै जित दिलाएका थिए । डेम्बेलेले २ गोल गरे भने मेसीले एक गोल गरेका थिए ।

पहिलो लिगमा नखेलेका मेसीले यस खेलमा डेम्बेलेको एक गोल असिस्ट समेत गरेका थिए ।

योसँगै कोपा डेल रेको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलमा भलेन्सिया, गेटाफे, सेभिल्ला, बेटिस, इस्पोनियल, गिरोना, बार्सिलोना र रियल म्याड्रिड पुगेका छन् ।
 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै