विरालो मार्ने चालकलाई जेल सजाय

खरीबोट

क्वालालमपुर । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ । 

गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । 

जनावर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गरेका थिए । क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ । 

विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए । एक जना महिलाले मारिएको त्यो विरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । 

दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफुले जानीजानी विरालोको हत्या नगरेको दावी गर्दै आएका छन् । तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई बर्षे जेल सजाय सुनाएको छ । 

यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन बर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधिशहरूले दुई बर्ष तोकेका हुन् । 

अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, “मलाई पश्चाताप महशुस भएको छ, सवै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।”
 

सम्बन्धित समाचार

रोचक बन्दै प्रिमियर लिग लिभरपुल र सिटी दुवै विजयी 

काठमाडौं । इङलिश प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो

‘ब्रेन डेड’ भएकी महिलाबाट बच्चाको जन्म ! 

काठमाडौँ । पोर्चुगलमा गत डिसेम्बर देखि ब्रेन डेड यानी मानसिक रुपमा मृत महिलाले बच्चाको जन्म दिएकी छन् । २६ बर्षिय महिला खेलाडीले आइतबार बच्चाको जन्म दिएपछि उनलाई मृत घोषित गरिएको थियो

मेयरको पद खाली भएपछि निर्वाचनद्वारा बोकालाई बनाइयो मेयर

अमेरिकाको भर्मोन्ट राज्यको एक सहरमा एउटा बोकालाई सहरको मेयरका रुपमा चुनिएको छ । लिंकन नाम गरेको उक्त बोका करिब २५०० जनसङ्ख्या भएको फेयर हेबन सहरको मेयर बनेको हो । तीन वर्षिया

तनाव हुँदा जे पनि निल्ने व्यक्ति, पेटमा भेटियो २ केजीको ढुंगा, सिक्का र बोतलका बिर्को

काठमाडौँ । अत्यधिक मात्रामा पेट दुखेपछि अस्पताल भर्ना भएका एक दक्षिण कोरियाली व्यक्तिको पेटबाट डाक्टरहरूले करिब २ किलो बराबरको ढुंगा, बोतलका बिर्को र सिक्का निकालेका छन् । डाक्टरहरूले थुप्रै परिक्षण


z