• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

kharibot

काठमाण्डौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई शुक्रबार सांसदले ठाडै प्रश्न गर्न सक्ने संसद् सचिवालयले जनाएको छ । 

बिहीबार बसेको कार्य ब्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने ब्यवस्था गरेको हो । शुक्रबारको बैठकमा प्रधानमन्त्री  ओलीले आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराउने तयारी गरेका छन् । 

यस्तै बैठकले पारमाणविक विधेयक, नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषदी व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश हुनेछ भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूचि रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै