• २०८१ बैशाख १२ बुधबार

इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा 

kharibot

काठमाडौँ । इन्डोनेसियालाई सेमीफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाईल्याण्डमा जारि थाईल्याण्ड महिला टी-२० स्म्यास प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

अब नेपालले भोलि शनिवार खेलिने फाइनलमा थाईल्याण्ड र युएई बीचको विजेतासँग खेल्नेछ।

नेपालले दिएको १२० लक्ष्य पछाएको इन्डोनेसियाको टिम २७ रनमा समेटिएको थियो । इन्डोनेसियाले ११ ओभरमा २७ रन मात्र बनाएको थियो । 

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् भने कविता कुँवर, नेरी थापा, सिता राना मगर र सरिता मगरले एक एक विकेट लिए ।

यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक ४८ रन बनाइन् । सिता रन आउट भएकी थिइन् । त्यस्तै इन्दु बर्माले ४० रन अविजित बनाएकी थिइन् । ओपनर काजल श्रेष्ठले १४ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै नेरी थापा ५ रन बनाएर आउट भएकी थिइन् ।

नेपालका लागि ओपनर काजल र सिताले ३१ रनको साझेदारी गरेका थिए भने सिता र इन्दुले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । इन्डोनेसियाका लागि बलर क्रिसमार्टिनी एडुर्ड र फितरिया राधा रानीले एक एक विकेट लिएकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै