• २०८१ बैशाख ८ शनिबार

अस्ट्रेलियाले भारतलाई दियो २३१ रनको लक्ष्य 

kharibot

काठमाडौँ । अस्ट्रेलियाले सिरिजको अन्तिम एकदिवसीय क्रिकेट खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४८.४ ओभरमा २३० रन बनाएर अल आउट भएको थियो ।

अस्ट्रेलियाका लागि पेटर ह्यान्ड्सकबले सर्वाधिक ५८ रन बनाएका थिए भने शन मार्शले ३९, उसमान ख्वाजाले ३४ रनको योगदान दिएका थिए । त्यस्तै ग्लेन म्याक्स वेलले २६ तथा रिचार्डसनले १६ रन बनाएका थिए ।

अस्ट्रेलियालाई २३० रनमा समेट्न भारतका बलर युजवेन्द्र चहलले ६ विकेट लिएका थिए । १० ओभरमा ४२ रन दिएर चहलले ६ विकेट लिएका थिए । चहलले मेलवर्न मैदानमा यसअघि भारतीय बलर अजित अग्रकरले लिएको ६ विकेटको रेकर्डलाई बराबरी गरेका छन् ।

त्यस्तै भुवानेश्वोर कुमार र मोहमद सामीले २-२ विकेट लिएका थिए ।

भारतले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ ।

तीन खेलको सिरिजमा अस्ट्रेलिया र भारतले १-१ खेल जितेर बराबर रहेका छन् भने यो खेल जित्ने टिमले सिरिज जित्ने छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै