• २०८१ बैशाख ७ शुक्रबार

विदेशमा अवैधरुपमा रकम जम्मा गर्नेलाई कारवाही गरिन्छ – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै विदेशमा अवैधरुपमा पैसा राख्नेलाई छानबिन गरेर कारवाही गर्ने बताएका छन् ।

नेकपाका सांसद खगराज अधिकारी र नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले विदेशमा अवैध सम्पत्ति थुपार्नु भ्रष्ट्राचार भएको भन्दै यसबारे सरकारले उचित छानबिन गरेर कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

गत बुधबार नेपाललिक्सका नाममा खोजपत्रकारिता केन्द्रले ५५ नेपालीहरुले अवैधरुपमा विदेशमा पैसा जम्मा गरेको खुलासा गरेको थियो । सो खुलासामा नेपालका चर्चित उधमी चन्द्र ढकाल, उपेन्द्र महतो, अजय सुमार्गीलगायतले विदेशमा रकम जम्मा गरेको खुलासा गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै