काठमाडौँ । थाईल्याण्डमा जारि महिला टी-२० स्म्यास प्रतियोगिताको फाइनलमा नेपालले आयोजक थाइल्याण्डको सामना गर्ने भएको छ ।
आज सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले इन्डोनेसिया लाई ९२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो भने आयोजक थाइल्याण्डले युएईलाई ४९ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
अब फाइनलमा उपाधिका लागि नेपालले आयोजक थाइल्याण्डको सामना गर्ने भएको छ । प्रतियोगितामा दुवै टिम अहिलेसम्म अपराजित गरेका छन् ।
नेपालले समुह चरणका चार वटै खेलमा जित हासिल गर्दै समुहमा पहिलो हुदै सेमिफाइनलमा पुगेको थियो भने थाइल्याण्डले पनि समुह बिमा समुह चरणका चार वटै खेल जितेर सेमिफाइनलमा पुगेको थियों ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुदै छ ।