• २०८१ बैशाख ८ शनिबार

रुस्लान सिमरा गोल्डकप : एपिएफ क्वाटर फाईनलमा प्रवेश

kharibot

बारा । बिशाल मेमोरियल फाउण्डेशन बिरगंजलाई स्तब्ध पार्दै बिभागिय टिम एपिएफ क्लब सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

बाराको सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफले बिरगंजलाई १–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

एपिएफलाई जीत दिलाउँन जर्सी नं.२३ का आषिश लामाले निर्णायक गोल गरेका थिए । सुदिप शिखराकारको क्रसमा आशिषले खेलको खेलको ३६ औं मिनेंटमा गरेको गोल नैं निर्णायक बन्न पुग्यो । डिबक्स भित्र पाएको बललाई आशिषले जाली चुमाएका थिए । 

एपिएफ सामु तालमेल मिलाउँन नसकेको बिरगंजले खेलको अन्तिम समयमा पाएको केही अवसर गुमाउँन पुग्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । एपिएफलाई जीत दिलाउँन गोल गरेका आशिष खेलको म्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ हात पारे । 

बिरगंजका प्रशिक्षक सुलभजंग राणाले बलियो बिभागिय टिम बिरुद्ध टिमले युवा खेलाडीले तालमेल मिलाउँन नसकेको बताए । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले थुप्रै अवसर गुमाउँन पुग्दा जीतका लागि संघर्ष गर्नु परेको बताए । 

प्रतियोगिता अन्तर्गत शनिवार सिएमजी संघटा क्लब र सरस्वती युथ क्लब बीच खेल हुने छ । सात ए डिभिजन र तीन मोफसल गरी १० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले ३ लाख प्राप्त गर्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै