• २०८१ बैशाख ७ शुक्रबार

साथीले बोकेको बन्दुक पड्किँदा युवकको मृत्यु

kharibot

फाइल तस्बीर

ताप्लेजुङ । शिकार खेल्नसँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । 

फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । लिम्बूको बन्दुकको छर्रा लागेर घटनास्थलमै ज्यान गएको हो । 

शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्किदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको थापाले बताए । तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको थापाले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै