• २०८१ बैशाख १३ बिहीबार

महिला टी-२० फाइनलमा आज नेपाल र थाइल्याण्ड भिड्दै, को कति बलियो ?

kharibot

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टि–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आज थाइलैण्डसँग भिड्दै छन् । 

बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । अर्को सेमिफाइनल खेलमा आयोजक थाइल्याण्डले युनाइटेड अरब इमिरेट्स(युएई)लाई ४९ रनले पराजित गरी फाइलन प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९१ रन बनायो । उसका लागि चानिन्दा सुटिरुङले सर्वाधिक १४ रन बनाइन । नारुमोल च्वाइवाइले १२, नाटाकान चानतमले ११ रन तथा नाट्या बोचातम र सुलीपोर्न लाओमीले समान १०÷१० रन बनाए । 

बयानब्बे रनको विजय लक्ष्य पछ्याएको युएई १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ४२ रनमा समेटियो । युएर्ईका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । थाइल्याण्डकी सुलीपोर्न लाओमीले चार तथा चानिन्दा सुटिरुङले तीन विकेट लिइन । 

नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले, तेस्रो खेलमा युएर्ईलाई छ विकेटले तथा चौथो खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो ।

नेपाल भर्सेज थाइल्याण्ड :

नेपालका लागि यस प्रतियोगितामा सिता राना मगरले अलराउन्ड प्रदर्शन गरेकी छन् । सिताले ४ खेलमा १२५ रन बनाएकी छन् भने सेमिफाइनलमा इन्डोनेसियाविरुद्ध ४८ रनको महत्वपूर्ण पारी खेलेर नेपाललाई फाइनलमा पुर्याएकी हुन् । उनी प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सुचीमा तेस्रो स्थानमा रहेकी छन् । त्यस्तै नेपालकी इन्दु बर्माले ५३ र काजल श्रेष्ठले प्रतियोगितामा कुल ४५ रन बनाएकी छन् । 

त्यस्तै थाइल्याण्डका लागि नारुएमोल चाइवाईले प्रतियोगितामा १२९ रन बनाउदै धेरै रन बनाउने खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेकी छन् । त्यस्तै थाइल्याण्डबाट नताकम चन्तमले ९३ रन बनाएकी छन् ।

बलिङतर्फ भने धेरै विकेट लिने खेलाडीको सुचीमा थाइल्याण्डका बलर शिर्ष स्थानमा रहेका छन् । प्रतियोगितामा थाइल्याण्डकी नताया बोचाथम र चनिदा सुथीरुनांगले १०-१० विकेट लिएका छन् भने सुलिपोम लाओमीले  विकेट लिएकी छन् । तर नेपालका बलरमध्ये सरिता मगरले ५ विकेट लिएकी छन् भने करुणा भण्डारी, रुबिना छेत्री र नेरी थापाले ४-४ विकेट लिएका छन् ।

यसरी हेर्दा आंकडामा थाइल्याण्डका खेलाडीहरु केहि अगाडी देखिए पनि नेपाली महिला खेलाडीहरुमा सबै खेलाडीहरुको जितमा योगदान देखिन्छ । समग्रमा भन्दा दुवै टिम अपराजित हुदै फाइनलसम्म पुगेकाले फाइनल खेल रोमान्चक हुने देखिन्छ । 
   
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै