• २०८१ बैशाख ८ शनिबार

सांसद चौधरीलाई भारतमा सम्मान गरिदै  

kharibot

काठमाडौँ । नेपालको संघीय प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीलाई भारतको वराणसीमा १५औ प्रवासी दिवसको दिन सम्मान गर्न लागिएको छ ।

यही जनवरी २१ देखि २३ तारिख सम्म हुन गइरहेको सि द चेन्ज -नारी उधमी अवार्ड-२०१९’’ बाट सम्मानित गर्न लागिएको हो । 

सांसद चौधरी राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट संघिय सांसद हुन् भने नेपाल भारत महिला मैत्री समाजकी संस्थापक अध्यक्ष पनि हुन् । तीन दिवसीय उक्त कार्यक्रममा विश्वभरीबाट हजारौको संख्यामा महिलाहरुको सहभागिता हुने भएको छ । 

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, युनियन मिनिस्टर अफ टेक्सटाइल श्रीमति स्मिृती इरानी लगायतको उच्च तहका नेता एवं ब्यक्तिहरुले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी सम्मान कार्यक्रमको सहजिकरण बिएण्डएस फाउण्डेशनले गर्नेछ भने यो सम्मान गांधी स्मिृती, दर्शन समिती र संस्कृति मन्त्रालयको तर्फबाट सामुहिक रुपमा प्रदान गर्नेछ । 

त्यसैगरि आ–आफ्नो क्षेत्रमा दखलता हासिल गरेका विद्वतवर्गहरुको समेत सहभागतिा हुने भएको छ । जसमा विभिन्न विषयहरु जस्तै, वर्तमान समयमा गान्धिको सान्दर्भिकता, कुम्भ स्नानको सान्दर्भिकता, शिक्षा एवं सिपको आवश्यकता जस्ता विषयहरुमा छलफल समेत गरिनेछ । 

नेपाल भारत महिला मैत्री समाजको तर्फबाट सांसद चौधरीले ग्रामिण क्षेत्रका महिलाहरुमा जनचेतना जगाउने, सिमांतकृत महिलाहरुलाई मुलधारमा ल्याउनको लागि क्षमता अभिबृधी जस्ता कार्यक्रमहरु निरन्तर गर्दै आइरहेकी छिन् । चौधरीको पहल कदमीमा महिला मैत्री समाजबाट महोत्तरी, सर्लाही, भक्तपुर र चितवनमा सय भन्दा बढी महिलाहरुलाई सिलाईकटाई सम्बन्धि तालिम दिइएको छ । ती सबै महिलाहरु लाभान्वित भएक छन् । त्यसैगरी सयौ महिलाहरु ब्यूटिसियन’ सम्बन्धि तालिम प्राप्त गर्न सफल भएकी छिन् ।

चौधरीको अनुसार देशको हरेक जिल्लामा सिमांतन्कृत महिलाहरुलाई स्वाबलम्बी बनाउनको निमित्त यस्ता सिपमुलक तालिमहरुको आयोजना गर्ने लक्ष्य सांसद चौधरीको रहेको छ । त्यसैगरि प्राकृतिक प्रकोपको बेला समेत समस्यामा परेका जनताहरुलई चैधरीले राहत वितरण गरी सहयोग गर्ने गरेकी छिन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै