• २०८१ बैशाख ७ शुक्रबार

बाराको माछा गाउँमा पुगेन माछा सुपरजोन कार्यक्रम 

kharibot

बारा । बाराको कोल्हबी नगरपालिका वडा नं.५ बोधवन स्थित माछा गाउँमा माछा सुपरजोन योजना नपुग्दा यहाँका माछा पालक किसानहरु चिन्तित बनेका छन् ।

माछा गाउँको रुपमा छुट्टै ईतिहास र पहिचान बनाई सकेको यस क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाई सुपरजोन बाराको योजनाले समेट्न नसक्दा यस क्षेत्रका किसान चिन्तित बनेका हुन् । 

मुलुकको विभिन्न स्थान लगायत राजधानी काठमाण्डौंमा जिउँदो माछाको समेत विक्री वितरण गर्दै आएका र माछा पालनलाई नैं  आफ्नों मुख्य पेशा बनाएका यस क्षेत्रलाई पनि एरिया बिस्तार गरी सुपरजोन भित्र राखिदिन अनुरोध गरेका छन् । 

नेपाल सरकारले आर्थिक वर्ष २०७३-७४ बाट यस जिल्लामा माछा किसानलाई अगाडी बढाउने उद्देश्य सहिँत प्रधानमन्त्रि कृषि आधुनिकिकराण परियोजना ईकाई माछा सुपरजोन कार्यक्रम लागु गरेको थियो  । 

शुरुमा साविक सिम्रोनगढ, बेनौली, बेलदारी,  कचोर्वा, मगवानपुर, पटेर्वा गाविस हालको सिम्रोनगढ र पचरौता नगरपालिकामा ४ सय ५२ हेक्टर क्षेत्रलाई कार्य क्षेत्र बनाएर काम अगाडी बढेको थियो । 

सुपरजोनको लक्ष्यमा एक हजार हेक्टर क्षेत्रफल अन्तरर्गत रहेर काम गर्ने नियम बमोजिम पछि  सिम्रोनगढ र महागढीमाई नगरपालिका नगरपालिकासँगै आदर्शकोत्वाल गाउँपालिका, बारागढी गाउँपालिका, स्वर्ण गाउँपालिका, देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र पचरौता गाउँपालिमा यो कार्यक्रम विस्तार गरी एक हजार हेक्टरमा यो कार्यक्रम लागु भएको हो । 

यसरी जिल्ला भित्रै माछा किसानको लागि आएको योजना भित्र माछा गाउँको रुपमा चिनिएको बोधवन नपर्नुमा कर्मचारीको दोष रहेको यहाँका स्थानीय मधुसुधन अधिकारीले जानकारी दिए । 

उनले माछा सुपरजोन कार्यक्रम यस गाउँमा पनि लागु भए यहाँका किसानहरु अझै माछा पालन पेशामा उत्साही हुँने बताउँदै माछा गाउँलाई पनि प्रधानमन्त्रि कृषि आधुनिकिकराण परियोजना ईकाई सुपरजोन लागु गर्न अग्रह गरेका छन् । 

माछा सुपरोजमा समेटिनु पर्ने क्षेत्रमा सम्भावित क्षेत्र मध्ये बोधवन रहे पनि एक हजार क्षेत्र नजिक मैं पुगेको कारण समितिले यस क्षेत्रलाई समेट्न नसकेको हुँन सक्ने प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना ईकाई सुपरजोन बाराका प्रमुख गणेश मिश्रले जानकारी दिएका छन् । उनले समितिले निर्णय गरेर अहिले पनि थप गर्न सकिने प्रवाधानमा रहेको जानकारी समेत दिए । 

माछामा आत्म निरभर रहेको यस जिल्लाका माछा नेपालको राजधानी काठमाण्डौंको साथै देश भित्रका विभिन्न स्थान र भारतको मुख्य सहरहरुमा जाने गरेको छ । जिउँदो माछाको रुपमा चिनिने यस जिल्लामा माछाको उत्पादकत्व ६ मेर्टिक टन प्रति हेक्टर रहेको छ । 

माछा सुपरजोन लागु भएको क्षेत्रको उत्पादकत्व ७ दशमलव ३ मेर्टिक टन प्रति हेक्टर र माछा गाउँको उत्पादकत्व ६ मेर्टिक टन प्रति हेक्टर रहेको प्रधानमन्त्री कृषि आधुनिकिकराण परियोजना ईकाई सुपरजोन बाराले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै