• २०८१ बैशाख १३ बिहीबार

बूढानीलकण्ठ माविमा 'सकारात्मक प्रेरणा'को नि:शुल्क आँखाशिविर

kharibot

काठमाडौ / जिल्लाको बुढानिलकण्ठ नगरपालिका -३ मा रहेको बूढानिलकण्ठ माध्यमिक विद्यालयमा 'सकारात्मक प्रेरणा अभियान नेपालले एकदिने नि:शुल्क आँखाशिविर आयोजना गरेको छ ।

मेगा बैक, राइजिङ मल काठमाडौ, दृष्टि आँखा अस्पताल कलंकी, सामुदायिक प्रहरी बूढानिलकण्ठ लगायतको सहयोगमा शिविर सम्पन्न गरिएको अभियानकी अध्यक्ष देवकी पौडेलले जानकारी दिइन् ।

शिविरमा महिला १०२ जना, पुरुष १०८ जना गरी २ सय १० जनाको सहभागिता रहेको थियो । दुई वर्षदेखि ९२ वर्षसम्मका मानिसहरूले शिविरबाट स्वास्थ्यलाभ लिएका थिए । विद्यालयका प्रध्यानाध्यापक दिपक कार्की, सहप्राध्यापक शोभा क्षेत्री, विष्णु भण्डारी, राजु ढकाल, आनन्द शर्मा, जय भद्रकाली आधारभूत विद्यालयका प्र.अ.लगायतका व्यक्तिहरू उपस्थित थिए ।

त्यस्तै कार्यक्रमलाई सफल पार्न संस्थाकी कोषाध्यक्ष प्रमिला रिमाल, स्वयंसेविका संगीता घिमिरे, विन्देश्वरी दाहाल, सामुदायिक प्रहरी सेवा केन्द्रका बलराम रेग्मी, मिलीजुली महिला समूहकी अध्यक्ष मैयाँ तिमल्सिनाको भूमिका रहेको बताइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै