• २०८१ बैशाख ११ मंगलबार

चार जिल्लाको भौगर्भिक अध्ययन गर्दै भूगर्भ विभाग

kharibot

काठमाडौँ । खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ । भू–वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्यसम्बन्धी ज्ञान प्राप्त गर्ने उद्देश्यले स्थापना भएको विभागले धादिङ, गोरखा, तनहुँ र चितवनको भौगर्भिक अध्ययन लिने काम शुरु गरेको हो । उक्त क्षेत्र भूकम्प धेरै जाने जिल्लामा समेत पर्ने गर्दछन् ।

विभागका प्रवक्ता कृष्णदेव झाले चार जिल्लाको भू–वैज्ञानिक अध्ययन तथा भू–गर्भको बारेमा अध्ययनको काम भइरहेको जानकारी दिए । “भौगर्भिक अध्ययन भएपछि मात्र के कस्ता खानी सम्भावना छन् वा के कस्ता संरचना निर्माण गर्न सकिन्छ भन्ने बारेमा जानकारी पाउन सकिन्छ,” उनले भने ।

यसैगरी, विभागले मकवानपुरको किट भञ्याङमा भू–भौतिक सर्वेको कामसमेत गरिरहेको छ । प्रवक्ता झाका अनुसार खोटाङमा चुनढुङ्गा अन्वेषणका लागि सर्वेक्षण र ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ भने महोत्तरीको जलेश्वरमा भने भू–इन्जिनीयरिङ कार्य सम्पन्न भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै