• २०८१ बैशाख ७ शुक्रबार

डा. केसीसँग यथाशिघ्र वार्ता गर्न सरकारलाई अनुरोध

kharibot

काठमाडौँ । चिकित्सा क्षेत्रको आमूल सुधारका लागि संघर्षरत डा. गोविन्द  केसीले आफ्नो १६औ अनसन गरिरहेको र अनसन प्रति सरकारले चासो नदेखाएकोमा पुर्व सहजकर्ताको भूमिका निभाएका योजना आयोगका दुई पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल र डा.स्वर्णिम वाग्लेले आफुहरुको ध्यानआकर्षण भएको बताएका छन् ।

२०७१ देखि २०७४ सम्म नेपाल सरकारका विभिन्न जिम्मेवार पदमा रहंदा धेरै अनशनहरु वार्ताबाटै टुङ्ग्याउन वार्ताकार वा सक्रिय सहजकर्ताको भूमिका निर्वाह गरेको स्मरण गर्दै दुवैले सरकारको तर्फबाट पर्याप्त चासो नदेखाइएको अवस्थाप्रति हाम्रो ध्यान गएको एक विज्ञप्ति मार्फत जनाएका छन् । 

डा.गोविन्द केसीको लडाईं अनुचित निजी स्वार्थको विरुद्ध रहेको भन्दै डा. पोखरेल र डा.वाग्लेले त्रिभुवन विश्वविद्यालयको  चिकित्साशास्त्र अध्ययन संस्थानमा सुधार, मेडिकल कलेजमा सिट निर्धारण र चर्को शुल्कमा सीमा, निशुल्क उच्च अध्ययन, विदेश पढ्नु अघि  परीक्षा, चिकित्सा शिक्षा नीति र ऐनको प्रारूप आदि तयार गर्न डा, केसीको मुख्य योगदान रहेको बताएका छन् । 

डा. पोखरेल र डा.वाग्लेले यथाशीघ्र उच्चस्तरीय वार्ता टोली गठनगरी डा. गोविन्द केसीसँग औपचारिक वार्ता शुरु गर्न अनुरोध गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै