• २०८१ बैशाख ८ शनिबार

यस्ता पनि जनावर  (फोटोफिचर) 

kharibot

काठमाडौं । साधारण र सजिलो गरी जन्मिने जीवहरु धेरै छन् संसारमा तर कतिपय यस्ता जीव छन् जो असाधारण प्रकृतिमा जन्मिएका छन् ।

कुनै दुई टाउकायुक्त, कुनै पाँच खुट्टा त कुनै असामान्य स्वरुपका । एजेन्सीहरुमा प्राप्त यस्तै अनेक स्वरुपका जीवहरुलाई यहाँ राखिएको छ । 

२ टाउकायुक्त शार्क 

क्रिश्टियन जोन्स्टन नामका मछौरेले यो शार्क अष्ट्रेलियाको सामुद्री किनारमा केही वर्षअगाडि फेला पारेका थिए । ब्लु शार्कले दुई टाउकायुक्त बच्चा धेरै जन्माउने गरेको बताइन्छ । उ्रक्त शार्कले एकैपटक ५० वटा बच्चा पेटमा राख्न सक्छ । यस्तो दुई टाउकायुक्त माछालाई पोलिसेफाली कन्डिसनको भनिन्छ । तस्बिर : Christopher Johnston / National Geographic)


पाँचखुट्टे भेडाको बच्चा 


यो पाँचखुट्टे भेडा २०१७ मा डर्बिशायरको एउटा फार्ममा जन्मिएको थियो । यस्तो अवस्थामा जन्मिए पनि उक्त भेडाको स्वास्थ्यअवस्था राम्रो रहेको थियो । तस्बिर : Caters)


दुई टाउके कछुवा 


यो २०१६ मा जन्मिएको थियो । यसलाई देखेर मानिसहरु चकित परेका थिए । तस्बिर : Tanto Yensen/Solent News


दुईटाउके सर्प 


यो १७ वर्षको क्यालिफोर्निया किंग स्नेक हो । यसलाई डिसेम्बरमा स्विट्जरल्याण्डको भिलेनेभ्युमा भएको रेप्टाइल एक्स्पोमा प्रदर्शनीमा राखिएको थियो । तस्बिर : LAURENT GILLIERON/EPA-EFE/REX/Shutterstock


दुईटाउके बिरालोको बच्चा 


यो १० वर्षअगाडि जन्मिएको बिरालाको बच्चा हो । यसको जन्मपछि थुप्रै मिडियाहरुमा समेत समाचार आएका थिए । यो बच्चा मात्र तीन दिन बाँचेको थियो । यस्तो अवस्थामा जन्मिनुलाई कनजेनिटल डिफर्मिटी भन्ने गरिन्छ । तस्बिर : Newspix / Rex Features


दुईटाउके बाछो 


सन् २०१५ मा एक परिवारलाई नै आश्चर्यचकित पार्दै यो बाछो अमेरिकाको फ्लोरिडामा जन्मिएको थियो । यो बाछोको चार आँखा, २ मुख, २ नाक र २ कान तथा २ टाउकाहरु रहेका छन्  । तस्बिर : NBC


स्वरुप बिग्रिएको पाठो 


यो स्वरुप बिग्रिएको पाठे मध्य अर्जेन्टिनाको सान लुइस प्रान्तमा जन्मिएको थियो । यो जन्मिँदा यसको मालिक ग्लाडी ओभाइडो चकित भएकी थिइन् । तस्बिर : CEN/Youtube


र यो अनौठो बाघ 


यो विश्वकै कुरुप केन्नी बाघ हो । दिदी बाघ र भाइ बाघबाट यसको जन्म भएको मानिन्छ । तस्बिर : Rex

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै