• २०८१ बैशाख ८ शनिबार

कामपाको १८ नं. वडा कार्यालय भवन निर्माण सुरु 

kharibot

काठमाडौं । महानगरको वडा नं. १८ को कार्यालय भवन निर्माण सुरु भएको छ । सोमबार बिहान महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरेका हुन् । 

वडा भवनको ढाँचा मौलिक र परम्परागत शैलीको हुनेछ । भवन निर्माणका विषयमा कुरा गर्दै वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले वडा भवन बाहिरबाट हेर्दा परम्परागत शैलीको हुने र भित्री संरचना बलियो हुने बताए । 

नरदेवी मन्दिरबाट ताम्सिपाखा जाने सडकको बायाँतर्फ नरदेवी आयुर्वेदिक अस्पतालसँगै साविककै ठाउँमा भवन निर्माण हुनेछ । भवनको प्लिन्थ एरिया ३०० स्क्वायरफिट को हुनेछ भने कुल फ्लोर एरिया १०५० स्क्वायर फिट हुनेछ । भवनको डिजाइनसम्बन्धी जानकारी दिँदै इञ्जिनियर गौरव श्रेष्ठले भवन डिजाइन गर्दा मौलिकतालाई ध्यानमा राखिएको बताए ।

वडा भवन निर्माणका लागि माउन्टेन टु तराई कन्स्ट्रक्सनले भ्याटबाहेक ३५ लाख ४३ हजार ४ सय ४३ रुपैयाँ २० पैसामा कार्य सम्पन्न गर्न कबोल गरेको छ । यसको निर्माणकार्य २०७६ साल कात्तिक ६ गतेभित्र भइसक्नेछ । 

भवन निर्माणको लागत हनुमानढोका दरबार संरक्षण कार्यक्रमले व्यहोर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै