• २०८१ बैशाख १३ बिहीबार

नोट छपाई प्रकरणमा पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा

kharibot

काठमाडौं । पोलिमर नोट छपाइ अनियमितता प्रकरणमा पक्राउ परेका पूर्व गभर्नर तिलक रावल धरौटीमा रिहा भएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा विषेश अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी लगायतको संयुक्त इजलासले रावलसँग १० लाख घरौटी माग गरेको हो।

पोलिमोर नोट छपाई प्रकरणमा नियमितता गरेको भन्दै रावलविरुद्ध अख्तियारले ९१ लाख रुपैयाँको बिगो दावीसहितको मुद्दा दायर गरेको थियो ।  

नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा र १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै