• २०८१ बैशाख ८ शनिबार

मुख्यमन्त्री पौडेलद्वारा घाइते चेपाङ किशोरीलाई भेट

kharibot

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कुटपिट र करणी प्रयासमा परेका चेपाङ किशोरीलाई आज भरतपुर अस्पताल पुगेर भेट गरेका छन् । 

आइतबार राप्ती नगरपालिका–१३ कान्दामा एक किशोरी र एक बालिकामाथि कुटपिट तथा करणीको प्रयास भएको थियो । तीमध्ये १७ वर्षीया किशोरीको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अर्की १० वर्षीया बालिकाको टाउकाको शल्यक्रिया भइरहेको छ । 

घाइते भेट गरेपछि मुख्यमन्त्री पौडेलले भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण पौडेललाई उपचारमा विशेष ध्यान दिन निर्देशन दिए । सो क्रममा उनले घाइते किशोरीको उपचार सरकारले गर्ने र दोषीमाथि कारवाही गरिने विश्वास दिलाए । घाइतेसँगको भेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले अपराधी पहिचान भइसकेको र नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको बताए । 

भरतपुर अस्पतालमा स्थापना गरिएको मदन भण्डारी ट्रमा सेन्टरको अवलोकन गर्दै उनले अस्पताल प्रदेश र सङ्घ कसको मातहतमा रहने टुङ्गो लागेपछि सेन्टरको विकास र विस्तारको काम अघि बढ्ने बताए । उनले हिउँदे अधिवेशन शुरु भएको पहिलो दिन नै प्रदेश राजधानी र नामकरणको विषय उठान हुने र टुङ्गो लाग्ने जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै