• २०८१ बैशाख ८ शनिबार

चोलेन्द्रको न्यायालय शुद्धिकरण : विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशलाई पनि कारवाही 

kharibot

काठमाडौं । ३३ किलो सुन काण्डमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भुर्तेललाई जिम्मेवारीबाट मुक्त गरिएको छ । 

न्यायापरिषद्को सोमबार बसेको बैठकले भुर्तेललाई पनि छानबिनका लागि न्यायापरिषद्मा हाँजिर गराउने निर्णय गरेको हो ।

परिषद् उच्च स्रोतका अनुसार भुर्तेलसहित विराटनगर उच्च अदालतका ६ न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी तोकिएको छ। न्यायपरिषदले वृहद् छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

यसअघि प्रधानन्यायाधीश राणाले उक्त प्रकरणमा निर्णय दिने पाँच जना न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका थिए । 

सुन तस्करी मुद्दाको सुनुवाइसँग जोडिएका उच्च अदालतका न्यायाधीश नागेन्द्र लाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई परिषद्मा तानिएको थियो।

यसअघि परिषद्का सचिव नृपध्वज निरौलाको नेतृत्वमा गठित सूक्ष्म निगरानी एवम् अनुगमन संयन्त्रले सुनकाण्ड सुनुवाइबारे प्रतिवेदन तयार गरेको थियो। 
त्यसैको आधारमा प्रधानन्यायाधीश राणाले न्यायपरिषद्मार्फत उक्त कदम चालेका हुन्।

यस्तै डा. आनन्दमोहन भट्टराईलाई मलेसियाको भिसा प्रकरणमा पाटन जिल्ला अदालतका गडबडीसम्बन्धी छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै