संक्रमणकालीन न्याय प्रक्रिया किन सुरु भएन ?     

खरीबोट

विद्यमान् बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगहरुको समयावधि आगामी २०७५ माघ २६ मा समाप्त हुँदै छ । आयोगसम्बन्धी ऐनकानुन र आयोग अस्तित्वमा रहे पनि समग्र संक्रमणकालीन न्याय प्रक्रिया नै अवरुद्ध अवस्थामा छ, आयोगहरु प्रभावहीन र परिणामविहीन भएका छन् । शान्ति सम्झौताको १२ वर्ष र आयोगको ४ वर्षमा संक्रमणकालीन न्यायका प्रमुख सरोकारवाला द्वन्द्वपीडित समुदाय न सत्य, न न्याय, न परिपूरणको अवस्थामा तड्पिरहनुपरेको छ, दण्डहीनता व्याप्त छ । राजनैतिक दल र सरकारको दृढ इच्छाशक्ति र इमानदार प्रतिबद्धताको अभाव एवं द्वन्द्वपीडित र मानवअधिकार समुदायको सहकार्य र अपनत्वको अभावका कारण विद्यमान संक्रमणकालीन न्याय प्रक्रिया धरापमा परेको हो । 

२०७० चैत्र २६ मा सरकारले २०७० पुस १८ को सर्वोच्च अदालतको फैसलाविपरीतको विधेयक दर्ता ग¥यो । पीडित समुदायले २०७१ वैशाख ६ गते तत्कालीन सभामुखलगायत ६०१ सांसदहरुलाई सर्वोच्चको फैसलाबमोजिम ऐन पारित गर्न र फेरि अदालत जानुपर्ने अवस्था नल्याउन अनुरोध गरेको थियो । तर सुनुवाइ नभएपछि ४४ जिल्लाका २३४ जना पीडितहरुले २०७१ जेठ २० मा सर्वोच्च अदालतमा रिट दर्ता गर्न बाध्य भएका थिए । सरोकारवालाहरुको निरन्तरको मागपश्चात् सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन मस्यौदा २०७५ असार ७ मा सुझावका लागि सार्वजनिक ग¥यो । सरकार आफैँले स्थानीय तहसम्म पुगेर मस्यौदाउपर पीडित समुदायसमक्ष परामर्श गर्न र सहकार्य गर्न द्वन्द्वपीडित साझाचौतारीले असार ११ मा कानुन मन्त्रालयमा पेश ग¥यो ।  

उक्त मस्यौदाउपर मानवअधिकार समुदाय, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघलगायतका सरोकारवालाहरुले आफ्ना सुझावहरु लिखित रुपमा सरकारसमक्ष पेश गरे । मानवअधिकार समुदाय र वकिलहरु समेतको परामर्शमा मस्यौदा उपर चौतारीले तयार पारेको प्रारम्भिक टिप्पणी २०७५ साउन २ गते सार्वजनिक ग¥यो । चौतारीले प्रारम्भिक टिप्पणीमा ‘संक्रमणकालीन न्यायको समग्र प्रक्रियामा पीडित समुदायलाई केन्द्रमा राखी उनीहरुको भुमिका र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने’, ‘विद्यमान् सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगलाई विघटन गरी संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरु पुनर्गठन गरिनुपर्ने’ भनेर उल्लेख गरेको थियो । संक्रमणकालीन न्यायको समयसीमासहितको कार्ययोजना बनाउनुपर्ने, परिपूरणको बृहत्तर अवधारण समेट्नुुपर्ने, आयोगका सिफारिस कार्यान्वयन गर्न उपयुक्त संयन्त्र गठन हुनुपर्ने, गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न पीडकलाई अनिवार्य कैद सजाय हुनुपर्नेलगायतका बु‘दाहरु समेत टिप्पणीमा समेटिएको थियो । चौतारीले विभिन्न संघ÷संस्थाहरुसंगको सहकार्यमा देशको विभिन्न ११ स्थानमा मस्यौदाउपर सचेतना परामर्शकार्यक्रमको समेत आयोजना ग¥यो  । 

तर, सरकारले गत भाद्र महिनामा आफूले कुनै संशोधन मस्यौदा तयार नगरेको अभिव्यक्ति दियो र एकाएक मस्यौदा छलफल गराउनबाट पछि हट्यो । भोलि भोलि भन्दाभन्दै साउन, भदौ, असोज, कार्तिक गयो, सरकारले कुनै परामर्श गरेन । एकातिर उक्त मस्यौदामा पीडकलाई सजाय घटाउने, खुला जेलमा राख्ने जस्ता हास्यास्पद विषय थिए जसलाई पीडित र मानव अधिकार समुदायले ठाडै अस्वीकार गरेको थियो भने अर्र्काेितर उक्त कानुनको मस्यौदा पीडितको सहभागिता बिना तयार गरिएको थियो । यसले अपराधको अनुपातमा सजाय हुनुपर्ने न्यायिक सिद्धान्तलाई ठाडै अस्वीकार मात्र गरेन, पीडितलाई प्रक्रियामा सहभागी गराउन पनि आवश्यक ठानेन । शुरुमा आलटाल गरेर समय बिताउने र अहिले परामर्श गर्न समय बितेको बहानामा सोही विवादित कानुनलाई दलीय सहमतिका नाममा अगाडी बढाउने षड्यन्त्र गरियो भने पीडित समुदायको घोर आपत्ति रहने स्पष्ट पार्न चाहन्छौं ।

पीडित केन्द्रित संक्रमणकालीन न्याय प्रक्रियाका लागि निरन्तर अभियान, वकालत एवं दृष्टिकोण राख्दै आएको द्वन्द्व पीडित साझा चौतारीले आफ्नो मस्यौदाबाट सरकार गत भदौमा पछि हटेपछि विस्तृत शान्ति सम्झौताको १२ वर्षसम्म पनि पीडितले न्यायको कुनै अनुभुति गर्न नपाएको सन्दर्भमामंसीर ४ र ५ को द्वन्द्व पीडित राष्ट्रिय सम्मेलनबाट विद्यमान एकपक्षीय र असफल प्रक्रियाको पुनरावलोकनको मागसहित पीडित केन्द्रित संक्रमणकालीन न्याय प्रक्रियाको मार्गचित्रसहितको अवधारणा बडापत्र मार्फत सार्वजनिक गर्नुपरेको हो । चौतारीले पोखरा, नेपालगंज, बिराटनगर, जनकपुर र ललितपुरमा आयोजित क्षेत्रीय सम्मेलनहरुबाट प्राप्त सुझावहरु समेटेर तयार पारिएको मार्गचित्र राष्ट्रिय सम्मेलन मार्फत सरकार र राजनीतिक दलहरुलाई उनीहरुको प्रतिवद्धता सम्झाउनु परेको हो । सम्मेलनमा सरकारका तर्फबाट कानुनमन्त्रीले र दलका तर्फबाट नेपाली कांग्रेसका नेता रमेश लेखक तथा नेकपाका नेता हरिबोल गजुरेलले प्रक्रियामा पीडितलाई सहभागी गराइने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । 

सरकारको एकपक्षीय प्रक्रिया असफल भएको र विगतमा अनौपचारिक संयन्त्रबाट अँध्यारो कोठामा अपारदर्शी ढंगले कानुन मस्यौदा गरिएको हु“दा संक्रमणकालीन न्यायको प्रमुख सरोकारवाला द्वन्द्व पीडित, सम्बन्धित विज्ञ, नागरिक समाज, मानवअधिकारकर्मी, सरकार र राजनैतिक दलहरुवीच आपसमा अर्थपूर्ण सहभागितामा सम्वाद गर्न, पारदर्शी, पीडित केन्द्रित र मानवअधिकारमैत्री ढंगले प्रक्रियाको पुनरावलोकन गर्नका लागि औपचारिक संयन्त्रको माग गरिएको हो । चौतारीको अवधारणामा समग्र प्रक्रिया र संयन्त्रमा द्वन्द्व पीडित समुदायको अनिवार्य र अर्थपूर्ण सहभागिता माग गरिएको छ र राज्य, तत्कालीन विद्रोही र प्रमुख राजनीतिक दलहरूको स्वार्थ र अनुकूलता मात्रको निर्णय र प्रक्रियाप्रति द्वन्द्व पीडितहरूको समर्थन नहुने यसअघिकै अडानहरु दोहो¥याइएको हो ।

सरोकारवालाहरुवीच विश्वासको वातावरण निर्माण गर्न, आपसी संवादको माध्यमबाट सत्यको खोजी, अभियोजन र न्याय, मेलमिलाप, परिपूरण, संस्मरण तथा संस्थागत सुधारजस्ता संक्रमणकालीन न्यायका अन्तरसम्बन्धित खम्बाहरुबारे नीतिगत मार्गचित्र तयार पार्न, सम्वाद रसहमतिको माध्यमबाट आवश्यक कानुन बनाउन, कानून संशोधन वा पुर्नलेखन गर्ने एवं अकर्मण्य र अविश्वसनीय विद्यमान आयोगहरुलाई सरोकारवालाहरुको सहमतिमा विश्वसनीय, सक्षम, स्वायत्त तथा साधनश्रोत सम्पन्न बनाउने र त्यस्तो आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउने प्रयोजनका लागि औपचारिक सम्वाद संयन्त्रको माग गरिएको हो । ऐन र आयोगका सम्वन्धमा रहेको गतिरोध समाधान गर्ने काम मात्र संयन्त्रको हो ।

तथ्यहिन विषयलाई स्वार्थ अनुकुल अपव्याख्या गरेर र भ्रम छरेर कदापि समाधान निस्कँदैन । क्षणिक स्वार्थ त पुरा हुनसक्ला तर यस्तो प्रवृत्तिले पीडक पक्षलाई नै फाइदा पुग्ने र आम द्वन्द्वपीडित समुदायको न्याय झनै टाढा धकेलिनेतर्फ सचेत हुन चौतारी सम्बन्धित सबैमा अपील गर्दछ । 

चौतारीले न त राजनीतिक संयन्त्र माग गरेको छ न त आयोगहरु खारेज गरेर संयन्त्रले काम गर्ने भनेको छ । पीडितको हक र अधिकार प्राप्तिका लागि निरन्तर आयोगको माग गर्दै आएको चौतारीका लागि आयोग खारेज गरेर कुनै अन्य संयन्त्रले संक्रमणकालीन न्यायको काम गर्ने भन्ने कुरा कदापि मान्य हुदैन । आगामी सरोकारवालाहरुवीचको सम्वाद र सहकार्यका माध्यमबाट विद्यमान् प्रक्रियाको पुनरावलोकन प्रक्रिया सरकारले अविलम्व थालनी गरोस् भन्ने मनसाय र माग स्वरुप चौतारीले पर्याप्त समय अगावै  मंसीर ५ मा नै संक्रमणकालीन न्यायको समाधानको मार्गचित्र सार्वजनिक गरेको थियो । चौतारीले विगतका अनुभवबाट सरकारले पाठ सिकेर सरोकारवालाहरुको सहकार्यबाट प्रक्रियाको पुनरावलोकन गरी समाधानको लागि इमान्दार प्रयास् गरोस् भन्ने अपेक्षा एवं आशंकासहित उक्त अवधारणा सरकार समक्ष पेश गरेको थियो । कानून मस्यौदा गर्न ६ महिनासम्म अनौपचारिक संयन्त्रले अध्याँरो कोठामा काम गर्न हुने, तर त्यसलाई औपचारिक वनाएर पीडितसंग संवाद गर्न नहुने भन्ने सरकारी तर्क हास्यास्पद र खेदजनक छ ।

चौतारीले मार्गचित्र सार्वजनिक गरेको दुई महिना वितिसक्दा पनि सरकार संक्रमणकालीन न्यायका सवालमा गम्भीर नहुनु र समाधानका लागि सरोकारवालाहरुबीच कुनै पहलकदमी नगर्नु सरकारको गैरजिम्मेवारी हो । आयोगको म्याद सकिन लाग्दा विगतका वर्षहरुमा जस्तै पीडितका पीडाहरुलाई बेवास्ता गर्दै हतारहतारमा आफू अनुकूलको मात्र निर्णय गर्ने विगतको कार्यशैलीबाट सरकारले पाठ सिकेको देखिएन ।  द्वन्द्व पीडित राष्ट्रिय सम्मेलनमा कानुनमन्त्री एवं दलका नेताहरुले समग्र प्रक्रियामा पीडितलाई सहभागी गराइने भनी ब्यक्त गर्नुभएको प्रतिबद्धता समय घर्किंदै जाँदा पालना गर्नेतर्फ ठोस कदम नचालिनु खेदजनक छ । द्वन्द्वपीडितहरुको न्यायका लागि आपसी सहकार्य र स्थापित मान्यता अनुरुप तत्काल पहल गर्न र पीडितको पीडा एवं आम सरोकारवालाहरुको सरोकार र स्थापित मान्यताहरुमाथि थप बेवास्ता नगर्न सरकार समक्ष माग गर्दछौं ।
सत्यको खोजी, अभियोजन र न्याय, मेलमिलाप, परिपूरण, संस्मरण तथा संस्थागत सुधार संक्रमणकालीन न्यायका अन्तरसम्बन्धित र परिपूरक खम्बाहरु हुन् । संक्रमणकालीन न्यायको बुहत्तर अवधारणा स्वरुप सबै खम्बाहरु पीडित समुदायको अर्थपूर्ण सहभागिताको माध्यमबाट स“गस“गै अगाडि बढाउनुपर्ने अवधारणा चौतारीले अगाडि सारेको हो ।

बलात्कार, यौनजन्य हिंसा, यातना पीडितहरु पहिचान, उपचार, राहतका लागि नै तड्पिरहेका छन् । संक्रमणकालीन न्याय सम्वन्धि सम्पूर्ण कामहरु आयोगतिर थोपरेर समाधान सम्भव नभएकोले सरकारले गर्नुपर्ने र आयोगले गर्नुपर्ने कामहरु छुुट्ट्याएर नीति र कार्ययोजना बनाएर बेपत्ता पारिएका व्यक्तिका नाममा रहेको सम्पत्ति हस्तान्तरण एवं पीडितहरुको उपचार, जीविकोपार्जन, शिक्षा एवं लगायतका परिपूरणका लागि आयोगको अन्तिम प्रतिवेदन कुरिरहनुपर्ने मनासिव नरहेकोले परिपूरणका कार्यक्रमहरु समेत सँगसँगै लैजानुपर्ने अवधारणा चौतारीले अगाडि सारेको छ । 

हिजोका द्वन्द्वरत पक्षहरु नै सरकारमा रहेको र सरकार संक्रमणकालीन न्यायको सवालमा इमान्दार नभएको तथ्यप्रति संक्रमणकालीन न्यायमा काम गर्ने सबै जानफकार छन् । त्यति भएर पनि देश र आम नागरिकको अविभावकका हैसियतले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउने दायित्व सरकारको नै हो । संक्रमणकालीन न्याय प्रक्रिया शुरु भएदेखि नै मानवअधिकार समुदाय र पीडित समुदायले सरकार समक्ष आÏना माग, दृष्टिकोण र अडानहरु निरन्तर राख्दै आएका हुन् । विषयबस्तु एवं प्रक्रियाका सम्बन्धमा समेत लोकतान्त्रिक समाजमा फरक मत हुनु अस्वभाविक होइन । तर तथ्यहिन विषयलाई स्वार्थ अनुकुल अपव्याख्या गरेर र भ्रम छरेर कदापि समाधान निस्कँदैन । क्षणिक स्वार्थ त पुरा हुनसक्ला तर यस्तो प्रवृत्तिले पीडक पक्षलाई नै फाइदा पुग्ने र आम द्वन्द्वपीडित समुदायको न्याय झनै टाढा धकेलिनेतर्फ सचेत हुन चौतारी सम्बन्धित सबैमा अपील गर्दछ । 

विषयबस्तुहरुमा कुनै असहमति एवं अस्पष्टताहरु भए आपसी सम्वादका माध्यमबाट हल गर्न एवं उक्त असहमतिहरुलाई आपसी सौहार्दतामा स“ंगस“ंगै लैजान सकिन्छ । संक्रमणकालीन न्यायप्रति इमान्दार नरहेका सरकार र राजनैतिक दलहरुलाई निरन्तर खवरदारी गर्न र वर्षौदेखि बल्झिइरहेका द्वन्द्व पीडितका पीडा एवं घाउहरुमा न्यायको मलम लगाउनका लागि आ–आÏनो स्थानबाट थप ऐक्यवद्धता, ं अझ गहन सहकार्य, समन्वय र समान धारणाका लागि चौतारी आम द्वन्द्व पीडित, मानवअधिकार समुदाय, नागरिक समाज तथा सञ्चारजगतसमक्ष हार्दिक अपील गर्दछ । सरकारको यस प्रकारको रबैया र उदासिनताका विरुद्ध सशक्त आन्दोलनका लागि तयार रहन आम पीडित एवं मानवअधिकार समुदायसँग जोडदार अपील गर्दछौं ।  

सम्बन्धित समाचार

कवितामा विचार मुटु हो भने कला सुन्दरता हो: सुवास संगम राई

सोलुखुम्बुका कवि सुवास संगम राई भावनामा हराउन भन्दा पनि वैचारिक र दार्शनिकतामा डुबुल्की मारेर कविता सिर्जना गर्न रुचाउँछन् । अहिले नयाँ कवितासंग्रह प्रकाशनको तयारीमा रहेका उनका यसअघि ‘यात्रामा छु आफैं’

काँग्रेस जिल्ला सभापतिहरुद्वारा केन्द्रीय समितिको निर्णयमा पुनःविचारको माग 

काठमाडौँ । नेपाली काँग्रेस जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय महासमिति बैठकको भावनाविपरीत रहेको भन्दै त्यसमा पुनःविचार गर्न माग गरेका छन् ।  काठमाडौँमा आज सम्पन्न

केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार नभए हस्ताक्षर अभियान चलाइन्छ : काङ्ग्रेस जिल्ला सभापतिहरू

काठमाडौँ । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षार अभियान चलाउने तयारी गरेका छन् । बुधबारदेखि काठमाडौँमा शुरु भएको जिल्ला

सम्वृद्धिका लागि सहकारीता 

१. पृष्ठभूमि नेपालको संविधानले सहकारी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधारको रुपमा लिएको छ । नेपालमा सहकारी क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा करिब ५ प्रतिशत र कुल वित्तीय क्षेत्रको २० प्रतिशत अंश ओगटेको


z