• २०८१ बैशाख ८ शनिबार

गुराँस लाइफ र कामना सेवाविकास बैंकबिच बैंकासुरेन्स सम्झौता 

kharibot

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी र कामना सेवा बिकास बैंकबिच बैकास्योरेन्स सम्झौता भएको छ ।

यही सोमबार दुुबै संस्थाका प्रमुखहरुबिच भएको सम्झौता अनुसार कामना सेवा बिकास बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजनासहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्ेश्य रहेको छ ।  

सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेकाछन । सम्झौता अनुसािर कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त कम्पनीको जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा सहजरुपले लिन सक्नेछन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै