बारा । संकटा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै रुस्लान थ्री–स्टाल क्लब बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको अन्तिम क्वार्टरफाईनल खेलमा बिजयी भएको छ ।
थ्री–स्टारले संकटालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नों स्थान सुरक्षित गरेको हो ।
थ्री स्टारको जीतमा बिदेशी खेलाडी फोफना फोडे र शुसन श्रेष्ठले समान एक–एक गोलको योगदान गर्दै आफ्नों टिमलाई अन्तिम चार पु¥याउँन सफल भएका थिए ।
खेलको १३ औं मिनेंटमा थ्री स्टारको तर्फबाट फोडेले पहिलो गोल गरेर खाता खोले पछि केही आक्रमक बनेको खेलमा संकटा बिरुद्ध शुसनले खेलको ८५ औं मिनेटमा थप एक गोल गर्दै आफ्नो टिमलाई २–० को अवस्थामा पुर्याएका छन् ।
यस बिचमा संकटाले पाएका धेरै अवसरहरुको सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको थियो । थ्री स्टारका लागि दोस्रो गोल गरेका शुसान श्रेष्ठले फोफना फोडेलाई सब्सिच्यूट गरेका थिए । रुपेश केसीले प्रहार गरेको फल बललाई शुसनले पोष्टको दिशा दिएका थिए ।
थ्री स्टारका अडामा डाम्बिया म्यान अफदि म्याच घोषित भए । उनले नगद १० हजार सहिँत ट्रफि पाएका छन् ।
बुधवारको खेल आयोजक नव जनजागृति युवा क्लव र त्रिभुवन आर्मी क्लव बिच पहिलो सेमिफाईनल खेल हुँने आयोजकले जनाएको छ ।