• २०८१ बैशाख ८ शनिबार

आहा ! कपासजस्तो हिउँ ! (फोटोफिचर) 

kharibot

काठमाडौं । मंगलबार बेलुकादेखि नै छिटफुट वर्षात् सुरु भएसँगै बुधबारदेखि उपत्यकासहित देशैभरको चिसो बढेको छ । 

बुधबार अधिकांश हिमाली भेकका जिल्लामा हिउँ पर्दा गाउँहरु सेताम्य भएका छन् । जुम्ला, जाजरकोट, बाजुरा, हुम्ला लगायतका जिल्लामा हिउँ परेसँगै किसानहरु सिँचाइ नभएका ठाउँमा स्याउका बिरुवावरिपरि हिउँ थुपार्न व्यस्त भएका छन् । जुम्लाका कृषकहरु बगैंचामा हिउँपोखरी निर्माण गरेर हिउँ जम्मा गर्ने र पछि बिरुवामा सिँचाइ गर्ने गर्दछन् । 

बाक्लो हिउँ परेपछि खासगरी बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाबीचमा पर्ने पोरखे काँध सेताम्य भएको छ भने हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटीमा स्वदेशी र विदेशी पर्यटक रमिरहेका दृश्यहरु सार्वजनिक भएका छन् । 

फोटो फिचर : 










सबै तस्बिर : रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै