• २०८१ बैशाख १३ बिहीबार

खवासको गोलमा आर्मी रुस्लान दशौं सिमरा गोल्डकपको फाईनलमा

kharibot

बारा । साविक विजेता त्रिभुवन आर्मी क्लव बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ । 

जिल्ला स्थित सिमरा रंगशालामा बुधवार भएको खेलमा आयोजक नव जनजागृति युवा क्लवलाई १–० ले पराजित गर्दै आर्मी फाईनल प्रवेश गरेको हो । 

आर्मीलाई फाईनलमा पुर्याउनका लागि निर्णायक गोल गर्दै भरत खवास नायक बनेका थिए । भरत खवासले खेलको ५०औं मिनेंटमा गोल रक्षक अघि बढेको अवसरलाई सदउपयोग गर्दै सेसाङ्ग लिम्बुले मिलाएको बललाई भलि गर्दै जाली जुमाएका थिए । भरतको सोही गोल निर्णायक बन्यो । 

निकै संघर्षपूर्ण खेलमा दुबै तर्फका खेलाडीले गोल गर्ने धेरै सुनौला अवसरहरु गुमाएका थिए । साविक विजेता आर्मी विरुद्धको खेलमा पाएका केही अवसरहरु सदुपयोग गर्न नसक्दा पाँचौ संस्करणको बिजेता आयोजक प्रतियोगिताबाट बाहिरिनु पुग्यो । 

खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मी क्लवका डिफेन्डर बिमल पाण्डे घोषित भए । उनले नगद दश हजार सहिँत ट्रफि हात पारेका छन् । 

हार पछि नव जनजागृतिका प्रशिक्षक सोनु क्षेत्रीले शुरुवातमा आफ्ना खेलाडीले राम्रो खेलेको भएता पनि दोस्रो हाफ पछि थाकेको बताए । लगातारको पाँच वटा प्रतियोगिता पछि खेलमा फर्कन नसक्दा पराजय व्यहोरेको बताए । 

जीत पछि खुशी देखिएका आर्मीका प्रशिक्षक नविन न्यौपानेले जीतबाट खुशी भए पछि सन्तुष्ट हुँन नसकेको बताए । अगाडीबाट एउटा मात्र खेलाडी खेलाउँदा खेलाडीमा तालमेलको अभाव भएको बताए ।

भोलिको दोस्रो दिनको सेमिफाईनल खेल थ्री स्टार क्लव र हिमालयन शेर्पा क्लव बिच प्रतिश्पर्धा हुँने आयोजकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै