• २०८१ बैशाख ७ शुक्रबार

बेइजिङको ‘स्थायी वासिन्दा’ को जनसङ्ख्या घट्दो

kharibot

बेइजिङ, चीन । चीनको राजधानी बेइजिङमा स्थायी बसोबास गर्ने चिनियाँ नागरिकको जनसङ्ख्यामा सन् २०१८ मा ०.८ प्रतिशतले कमी आएको देखिएको छ । 

बुधबार सार्वजनिक चीनको सरकारी तथ्याङ्क अनुसार बेइजिङमा स्थायी बसोबास गर्ने नागरिकको सङ्ख्यामा आएको ०.८ प्रतिशतको गिरावटसँगै यहाँको जनसङ्ख्या दुई करोड १५ लाख रहेको बताइएको छ । 

बेइजिङमा उमेरको आधारमा १५ देखि ५९ बर्षका स्थायी बासिन्दाको सङ्ख्या एक करोड ५६ लाख रहेको छ । यो शहरको सम्पूर्ण जनसङ्ख्याको ७२.६ प्रतिशत रहेको बेइजिङ महानगरीय तथ्याङ्क विभाग र बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभागको संयुक्त सर्वेक्षणले देखाएको छ । 

पछिल्लो तथ्याङक अनुसार बेइजिङमा १४ बर्ष मुनिका स्थायी वासिन्दाको सङ्ख्या २३ लाख रहेको छ जुन यहाँको सम्पूर्ण जनसङ्ख्याको १० प्रतिशत हो । त्यसैगरी ६० बर्ष माथिको जनसङ्ख्या ३६ लाख अर्थात् १६.९ प्रतिशत रहेको छ । 

सन् २०१७ मा बेइजिङको स्थायी वासिन्दाको जनसङख्या दुई करोड १७ लाख रहेको थियो जुन सन् २०१६ को तुलनामा २२ हजारले कमी हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै