• २०८१ बैशाख ८ शनिबार

मेसी बिना बार्सिलोना पराजित, कोपाबाट बाहिरिने खतरा बढ्यो 

kharibot

काठमाडौँ । कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना सेभिल्लासँग पराजित भएको छ । आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना उत्रिएको बार्सिलोनालाई मेसीको अनुपस्थिति महँगो देखिएको छ ।

सेभिल्लाले पहिलो लिगमा बार्सिलोनाविरुद्ध २-० को जित निकाल्दै क्वाटरफाइनलमा बार्सिलोनालाई पराजित गर्ने पृष्ठभूमि तयार गरेको छ ।

सेभिल्लाको जितमा पाब्लो सर्बिया र बेन एडरले एक एक गोल गरेका थिए । यस अघि अन्तिम १६ को खेलमा पनि बार्सिलोना लेगानेजसँग पहिलो लिगमा मेसी बिना पराजित भएको थियो तर दोस्रो लिगमा मेसीले जिताउदै बार्सिलोनालाई क्वाटरफाइनलमा पुर्याएका थिए ।

अब क्वाटरफाइनलको दोस्रो लिग आगामी बुधबार बार्सिलोनाको घरेलु मैदानमा हुने छ जसमा बार्सिलोनाले कम्तिमा ३ गोलको अग्रतामा जित हासिल गर्नुपर्ने छ ।

बार्सिलोनाले पछिल्लो ४ बर्ष लगातार कोपा डेल रे को उपाधि जित्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै