• २०८१ बैशाख ७ शुक्रबार

नेइमार घाइते 

kharibot

काठमाडौँ । पिएसजीबाट खेल्ने ब्राजिलियन फुटबलर नेइमार घाइते भएका छन् । नेइमार गएराती भएको कोपा फ्रेन्च अन्तर्गतको स्टार्सबर्गविरुद्धको खेलमा घाइते भएका हुन् ।

पिएसजीले २-० ले जितेको सो खेलमा नेइमार खेलको ६०औ मिनेटमा एन्कल ट्वीस्ट भएपछि मैदानबाट बाहिरिएका थिए । पछिल्लो पटक विश्वकप अघि घाइते भएका नेइमारले लामो समय मैदान बाहिर रहदै आफुलाई विश्वकपका लागि फिट बनाएका थिए ।

अहिलेको यस इन्जुरीले पिएसजीको फेब्रुअरी १३ मा च्याम्पियन्स लिग अन्तर्गत हुने क्वाटरफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेड विरुद्धको खेलमा नेइमार खेल्न नसक्ने सम्भावना देखिएको छ । यद्यपी यस बारेमा पिएसजी र नेइमारका तर्फबाट कुनै बयान सार्वजनिक गरिएको भने छैन ।

यस खेलमा स्टार्सबर्गका दुई खेलाडीले नेइमारलाई जानी जानी फाउल हानेको समेत आरोप लगाइएको छ । पिएसजीका म्यानेजरले रेफ्रीले आफ्ना खेलाडीको सुरक्षाको ध्यान नदिएको आरोप लगाएका छन् ।

विश्वकै महंगा खेलाडी नेइमार फेरी बार्सिलोना फर्किने हल्ला चलिरहेका बेला नेइमारको यो इन्जुरी कति लामो हुने छ भन्नेमा अहिले सबैको कौतुहलता रहेको छ ।

नेइमारले यस सिजनमा पिएसजीका लागि सबै प्रतियोगितामा २३ खेलमा २० गोल गरेका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै