काठमाडौँ । नेपाल र युएईबीच एकदिवसीय र टी-२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।
दुबईस्थित आइसीसी एकेडेमीमा नेपालका कप्तान पारस खड्काले टस हारेका छन् । युएईका कप्तान मोहम्मद नाभीदले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।
आजको खेलमा नेपालको प्लेइङ इलेभेनमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजबंशी, मोहमद आरिफ शेख, पवन सराफ, बसन्त रेग्मी, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् । पहिलो पटक टिममा ठाउ बनाएका पवन सराफले राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय एकदिवसीय खेलमा डेभ्यु गरेका छन् । त्यस्तै ललित राजबंशी यस अघि टिममा रहेपनि एकदिवसीय खेलमा भने आज डेभ्यु गरेका छन् । त्यसैगरि विनोद भण्डारीले पनि आजै एकदिवसीय डेभ्यु गरेका छन् ।
त्यस्तै युएईको प्लेइङ इलेभेनमा मोहम्मद नाभीद (कप्तान), मोहम्मद उस्मान (उपकप्तान), अस्फक अहमद, चिराग सुरी, शैमन अनवार, मोहम्मद बोटा, इम्रन हैदर, अमिर हायत, क्वादिर अहमद, गुलाम शब्बेर र फवाद नवाज रहेका छन् ।
नेपालका लागि ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले ओपनिङ गरेपनि ज्ञान्नेद्र पहिलो ओभरमा नै डक आउट भएका छन् ।
नेपाल र युएईबीचको एकदिवसीय र टी-२० सिरिजका सबै खेलको प्रत्यक्ष प्रशारण www.pitchvision.com मा लाइभ हेर्न सकिने युएई क्रिकेट बोर्डले जानकारी दिएको छ ।