• २०८१ बैशाख १२ बुधबार

सभामुख र सरकारलाई निकै महँगो पर्छ – गगन थापा 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सभामुख र सरकारलाई निकै महँगो हुने बताएका छन् ।

आज संसदमा चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गराएको भन्दै थापाले समाजवाद ल्याउछु भन्ने सरकारलले सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चिएको आरोप लगाए । सांसद थापाले आज संसदमा गरेको व्यवहार सभामुख र सरकार दुवैलाई महँगो पर्ने बताए ।

सांसद थापाले काँग्रेसलाई जसले जिस्काएको त्यो सकिएको इतिहास छ भन्दै इतिहास फेरी दोहोरिने बताए । आज संसदमा भएको घटना दुर्भाग्यपूर्ण भएको बताए । 

डा. गोविन्द केसीसँग भएको विषयमा सरकारले तलै बजाएर पारित गरेको भन्दै सरकारले प्रमुख प्रतिपक्षी दलसँग मुठमेड गर्न तयार भएको आरोप लगाए । सरकारको भाषामा केबल ५ प्रतिशत मागका लागि डा.केसीलाई जेसुकै होस् भन्न तयार भएको भन्दै दुई तिहाईको सरकार शक्तिशाली हो कि यो सरकारलाई चलाउने व्यापारी शक्तिशाली हो यसको जवाफ सरकारले दिनुपर्ने उनले बताए ।

अब काँग्रेसले अब सदन र सडकबाट लडाई लड्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै