• २०८१ बैशाख ७ शुक्रबार

दि रेयर मोमेन्ट ! जब उल्कापिण्ड चन्द्रमामा खस्दै गरेको दृश्य पृथ्वीको क्यामराले कैद गर्‍यो 

kharibot

तस्बिर : एजेन्सी

काठमाडौं । एक जना भाग्यमानी फोटोग्राफरले चन्द्रग्रहणको तस्बिर लिँदै गर्दा उल्कापिण्ड चन्द्रमामा खस्दै गरेको दृश्य समेत कैद गर्न सफल भएका छन् ।

यसलाई एकदमै विरलै भेटिने घटनाको रुपमा लिइएको छ । २०१९ को जनवरी २०, २१ मा भएको चन्द्रग्रहण यो वर्षकै पहिलो चन्द्र ग्रहण हो । 

उक्त समयमा चन्द्रमा पृथ्वीको नजिकको विन्दुमा रहेकोले गर्दा फोटोग्राफरहरुले चन्द्रमाको ठूलो आकार क्यामेरामा कैद गर्न सफल भएका थिए । तर सोही क्रममा ज्यामी कुपर नामका बेलायती  फोटोग्राफरले भने उक्त उल्कापिण्ड खस्दै गरेको दृश्य समेत कैद गरेको पछि थाहा भएको थियो ।

यसको प्रमाणीकरण समेत भएको एजेन्सीहरुले जनाएका छन् ।

अनुसन्धाताहरुले मुन इम्प्याक्ट डिटेक्सन एण्ड एनालाइसिस सिष्टम (एमआईडीएएस)बाट यसको पुष्टि गरेका हुन् । सो क्रममा चन्द्रमाको तल्लो भागमा चम्किलो अन्तरिक्ष चट्टान चन्द्र सतहमा खसेको थियो । यो गत आइतबार रातिको घटना हो । 

उक्त फोटोग्राफरले आफ्नो क्यामरा २००० एमएम लेन्ससहित एउटा टेलिस्कोपमा राखेर ग्रहणको स्पष्ट तस्बिर खिचेका थिए ।

उनले तस्बिर लिँदा उक्त उल्कापिण्डको लिन्छु भनेर खिचेका थिएनन् तर संयोगवश उक्त घटनासमेत कुपरको क्यामराको शिकार भयो । ग्रहणले अँध्यारो भएका कारण पनि उक्त उल्कापिण्डको चम्किलोपना क्यामरामा कैद हुन सजिलो भएको थियो । तर यो दृश्य कैद गर्ने उनीमात्रै भने होइनन् ।

अन्य धेरैले यसको भिडियो दृश्य नै कैद गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै