• २०८१ बैशाख ८ शनिबार

फूलचोकीमा हिउँ खेल्न जानेलाई हिलोको सास्ती ! (फोटोफिचर) 

kharibot

काठमाडौं । उपत्यकाको ललितपुरमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल फूलचोकीमा केही दिनयता हिउँ पर्नथालेपछि हिउँ खेल्न जानेहरुको भीड लागिरहेको छ । समुद्री सतहदेखि २७६२ मिटरको उचाइमा रहेको यस स्थानबाट काठमाडौंदेखि हिमाल तथा तराईको फाँटसमेत देख्न सकिन्छ ।

अरु बेला पनि यहाँ जानेहरु भइरहन्छन् तर अहिले भने बिहानबिहानै हिउँ खेल्न जानेहरुको भीड नै लागिरहेको छ । केही दिनयता वर्षात् भएपछि डाँडामा हिउँ परिरहेको छ । उपत्यकामै हिउँ खेल्न पाएपछि सबैको मन एकोहोरिरहे पनि बाटो हिलो हुँदा युवायुवतीहरुले उत्तिकै सास्ती पनि खेप्नु परेको छ ।

फूलै फूलको पर्वतका रुपमा परिचित फूलचोकीमा हाइकिङमा जानेहरु पनि उत्तिकै हुन्छन् । यो प्रसिद्ध गोदावरीको माथि पर्छ । फूलचोकी माईको सानो मन्दिर समेत यहाँ रहेको छ । 











सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै