• २०८१ बैशाख ६ बिहीबार

अस्ट्रेलियन ओपनको उपाधि नोभाक जोकोभिकले जिते 

kharibot

काठमाडौँ । अस्ट्रेलियन ओपनको उपाधि नोभाक जोकोभिकले जितेका छन् । 

आइतबार भएको फाइनलमा जोकोभिकले राफेल नाडाललाई सोझो सेटमा ६-३, ६-२ र ६-३ मा पराजित गर्दै आफ्नो १५औ ग्राण्ड सलाम उपाधि जितेका छन् ।

जोकोभिकले योसहित सातौ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । उनले अहिलेसम्म फ्रेन्च ओपन एक पटक विम्बल्डनको उपाधि ४ पटक र युएस ओपन ३ पटक जितेका छन् ।

यसअघि जोकोभिकले सन् २००८, २०११, २०१२, २०१३, २०१५ र २०१६ मा अस्त्रेलियन ओपनको उपाधि जितेका थिए ।   

अहिलेसम्म २४ पटक फाइनलमा पुगेका जोकोभिक ९ पटक विभिन्न ग्रान्ड सलामको उपविजेता बनेका छन् ।
     
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै