• २०८१ बैशाख ८ शनिबार

एक्सन-लभस्टोरी फिल्म ‘रणवीर’ को रोमान्टिक गीत रिलिज

kharibot

काठमाडौँ । यहि माघ १८ गतेबाट प्रदर्शनमा आउन तयार रहेको एक्सन-लभस्टोरी फिल्म ‘रणवीर’ को रोमान्टिक गीत रिलिज गरिएको छ । 

‘मायामा म’ बोलको सार्वजनिक गीतमा हर्कुसल बस्नेत र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा गायक बस्नेत स्वयंको शब्द तथा संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका लिड अभिनेता शुशील सिटौला र अभिनेत्री सुवेक्षा खड्का फिचर्ड छन् । 

यो फिल्ममा शुशील र सुवेक्षाका अलावा सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । 

फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै