• २०८१ बैशाख ८ शनिबार

डा. गोविन्द केसी आज ११ बजेदेखि फेरी अनशन बस्दै 

kharibot

काठमाडौँ ।  वरिष्ठ प्रोफेसर डाक्टर गोविन्द केसी आज ११ बजे डिखे फेरी अनशन बस्ने भएका छन् । डा. केसीले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर अनशन बस्ने तयारी गरेका छन् । उनको यो १२औ अनशन हो ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने यास भइरहेकोले डा. केसी फेरी अनशन बस्न लागेको बताएका छन् ।

माफियामुखी ऐनलाई तत्काल रोकेर सही रूपमा चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न आज बिहान ११ बजेदेखि सत्याग्रह सुरू गर्ने डा. केसीले बताएका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै