• २०८१ बैशाख १४ शुक्रबार

निर्मलाको भेजाइनल स्वाब’सँग आमाको डीएनए मिल्यो 

kharibot

फाइल तस्बीर

कञ्चनपुर । निर्मला पन्तको भेजाइनल स्वाब’सँग आमाको डीएनए मेल खाएको छ । 

प्रहरीको विधि विज्ञान प्रयोगशालाको रिपोर्ट अनुसार मृतक निर्मलाको योनीबाट संकलन गरिएका स्वाबहरुबाट तयार पारिएको डीएनए प्रोफाइलको अटो स्वमल एसटीआर दुर्गादेवी पन्तको रगत नमुनाबाट तयार परिएको डीएनए प्रोफाइलसँग मेल खाएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

दुर्गादेवीको डीएनए निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डिएनएसँग मेल खाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताएका छन् । 

‘जनमानसमा एक किसिमको आशंका फैलिएको थियो, त्यसको ‘भेरिफाई’ गर्न मृतकको आमाको ब्लड स्याम्पल हामीले विधिविज्ञान प्रयोगशालामा पठाएको थियौ’, उनले भने ‘त्यसको रिजल्ट सोमबार आइपुगेको छ । रिपोर्टमा निर्मलाको डीएनए रिपोर्टसँग दुर्गादेवीको डीएनए मेल खाएको भन्ने उल्लेख गरिएको छ ।’

घटनामा प्रमाण मेट्न प्रहरी नै संलग्न रहेपछि निर्मलाको शरीरबाट निकालिएको डीएनएमाथि पीडित परिवार र सर्वसाधारणले शंका व्यक्त गर्दै आएका थिए । उनीहरुले निर्मलाको डिएनए वास्तविक भए नभएको पुष्टि गर्न माग गर्दै आएका थिए । 

यस्तै, छोरीको डीएनए वास्तविक भएको नभएको पुष्टि गर्न दुर्गादेवीले गएको पुस २५ गते आफ्नो रगतको नमुना दिएकी थिइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै