• २०८१ बैशाख ७ शुक्रबार

उपत्यका विकास प्राधिकरण खारेज गर्न काठमाडौं महानगरको माग  

kharibot

काठमाडौँ । काठमाडौं महानगरले काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेजी गर्न माग गरेको छ ।

यही माघ ६ गते प्राधिकरणले काठमाडौँ महानगरलाई भवन निर्माणसँग सम्बन्धित मापदण्ड नेपाल सरकारको २०७२ असोज १३ मा स्वीकृत बस्ती  विकास सहरी योजना  तथा  भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ को दफा १७ विपरीत लागू भएको भन्दै १५ दिनभित्र मापदण्डअनुकूल परिमार्जन गर्न भन्दै पत्र पठाएको थियो । 

सोमबार काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन आयोजना गर्दै प्राधिकरणको निर्देशनप्रति आपत्ति जनाएका हुन् । कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भवन निर्माण मापदण्डको दफा १७ मा मापदण्ड तर्जुमा गरी लागू गर्नसक्ने अधिकार दिएको स्पष्ट पारे ।

उनले भने, ‘प्राधिकरणले स्थानीय सरकारलाई कारबाही गर्नुपर्छ भन्ने कुरा आउनु भनेको उसले जनताको समस्या नै नबुझी स्थानीय सरकारलाई कारबाही गर्नुपर्छ भनेको छ । त्यसकारण यसलाई खारेजी गर्नुपर्छ, हामी सरकारसँग प्राधिकरण खारेजीको माग गर्छौँ ।’ जनताको समस्याको समाधान स्थानीय सरकारले गर्ने भएकाले विकास प्राधिकरणको काम नभएको र केन्द्रीकृत मानसिकता भएको प्रवक्ता डंगोलले बताए ।   

‘प्राधिकरणले भनेअनुसार काठमाडौँ महागरभित्र २० प्रतिशत मात्र घरहरु पूर्ण मापदण्डअनुसार बनेको छ तर ८० प्रतिशत मापदण्डविपरीत भएकामा किन ५०÷६० वटा मात्र घरलाई नियमविपरीत भन्दै रोक्का राख्न खोजेको ?’, डंगोलले प्रतिप्रश्न गर्दै भने, ‘यो नियतवश छ र आफूलाई अनुकूल नभएको घरमा मात्र रोक्का गरेको छ ।’ 

अब महानगरले घरको मापदण्ड हेरेर घर भत्काउने वा गुणस्तर निर्धारण गर्ने प्रमाणीकरण गर्नुपर्ने उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै