• २०८१ बैशाख १३ बिहीबार

मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनाका लागि  मस्यौदा तयार

kharibot

काठमाडौँ । नेपाल सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।

वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकास गरी आधुनिक नेपालको निर्माण कार्य अघि बढाउन चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित सो प्रतिष्ठान स्थापनाका लागि कानूनको मस्यौदा तयार गरिएको हो । जननेता भण्डारीको नाममा स्थापना हुने यो प्रतिष्ठान विश्वविद्यालयस्तरको हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालका अनुसार कानून र अर्थ मन्त्रालयको परामर्शपछि विधेयक मन्त्रिपरिषद्मा पेस हुनेछ । हाल केन्द्रीय र क्षेत्रीय गरी विभिन्न १४ विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठान छन् ।

मन्त्रालयले विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापनाका लागि पनि कानूनको मस्यौदा तयार गरेको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै