• २०८१ बैशाख १३ बिहीबार

अस्ट्रेलियामा २०२० मा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक

kharibot

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आज सार्वजनिक गरेको खेल तालिका अनुसार टी-२० विश्वकपमा दुई चरणका खेलहरु हुने भएका छन् । 

पहिलो चरणमा ग्लोबल क्वालिफायरबाट आएका ६ टिमसहित श्रीलंका र बंगलादेश गरि ८ टिमलाई दुई समुहमा विभाजन गरी खेलाइने भएको छ । अक्टोबर १८, २०२० देखि अक्टोबर २३, २०२० सम्म यी ८ टिममा दुवै समुहका शिर्ष २-२ टिम सुपर १२ मा प्रवेश गर्ने छन् ।

डिसेम्बर ३१ २०१८ सम्म आइसीसी वरियतामा शिर्ष ८ स्थानमा रहेका टिम सँग यी ४ टिम गरि कुल १२ देशले टी-२० विश्वकप खेल्ने छन् ।

विश्वकपको सुपर १२ मा पुग्ने ८ टिममा आयोजक अस्ट्रेलियासहित पाकिस्तान, भारत, दक्षिण अफ्रिका, न्युजील्याण्ड, ईङल्याण्ड, वेस्टइन्डिज र अफगानिस्तान रहेका छन् । त्यस्तै वरियताको नवौ स्थानमा रहेको श्रीलंका र दशौ स्थानमा रहेको बंगलादेशले भने विश्वकप क्वालिफायरबाट आएका अन्य ६ टिमसँग क्वालिफाई खेल खेल्नु परेको हो ।

सुपर १२ टिमको समुह चरणका खेल अक्टोबर २४,२०२० देखि नोभेम्बर ८ सम्म हुने आइसीसीले जनाएको छ । त्यस्तै दुवै समुहका शिर्ष दुई टिम सिधै सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका खेल ११ र १२ नोभेम्बर, २०२० मा हुने छन् भने फाइनल खेल १५ नोभेम्बरमा हुने छ । 

आज अस्ट्रेलियामा गरिएको ‘ड्र’ मा समुह ए मा पाकिस्तान अस्ट्रेलिया, वेस्टइन्डिज, न्युजील्याण्ड, पहिलो चरणको समुह एको शिर्ष टिम र पहिलो चरणको समुह बि को दोस्रो टिम रहेका छन् ।

त्यस्तै समुह बि मा भारत, इङल्याण्ड, दक्षिण अफ्रीका, अफगानिस्तान, पहिलो चरणको समुह बि को शिर्ष टिम र पहिलो चरणको समुह ए को दोस्रो टिम रहेका छन् ।

विश्वकपको पहिलो खेल आयोजक अस्ट्रेलिया र पाकिस्तानबीच हुने भएको छ भने फाइनल खेल नोभेम्बर १५,२०२० मा मेलवर्नमा हुने भएको छ ।  

त्यस्तै आइसीसीका पूर्णकालिन सदस्य जिम्बाबे र आयरल्याण्ड समेत छनौट खेल खेल्नुपर्ने भएको छ । अन्य ६ टिमको भने विभिन्न महादेशबाट छनौट खेल हुन् बाँकी रहेको छ ।

१८ अक्टोबर देखि १५ नोभेम्बर २०२० सम्म अस्ट्रेलियामा हुने यस विश्वकपका लागि नेपाल पहिलो चरणको छनौट खेलमा पहिलो हुदै अब एशिया स्तरको छनौट खेल्ने क्रममा रहेको छ । नेपालसँगै युएई, कतार, सिंगापुर, मलेसिया र कुवेत एशियाको अन्तिम छनौटमा पुगेका छन् । अब यी टिमबाट शिर्ष २ टिम ग्लोबल क्वालिफायरका लागि छनौट हुने छन् । यस छनौटको खेल तालिका अझै सार्वजनिक गरिएको छैन ।

ग्लोबल क्वालिफायरमा कुल १४ टिमले भाग लिने छन् भने ति देशबाट ६ टिम विश्वकपको पहिलो चरणमा श्रीलंका र बंगलादेशसँग सुपर १२ का लागि खेल्ने छन् ।

ग्लोबल क्वालिफायर खेल्ने १४ मध्ये ६ टिमको टुंगो लागिसकेको छ । जसमा आइसीसीको टी-२० वरियताका ११औ देखि १६औ वरियतासम्मका स्कटल्याण्ड, आयरल्याण्ड, हङकङ, नेदरल्याण्डस, जिम्बाबे, ओमान रहेका छन् । अब बाँकि ८ देश भने एशिया, अफ्रीका र अमेरिका क्षेत्रबाट २-२ तथा युरोप र इष्ट एशिया प्यासिफिकबाट १-१ गरि छानिने छन् ।

पुरा खेल तालिकाका लागि यँहा क्लिक गर्नुहोस 
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै