काठमाडौं । मुुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४० करोड ४८ लाख ३० हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा २६ करोड ४३ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी तीन अर्ब छ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ३८ अर्ब १३ करोड ८२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ८५ करोड ८७ लाख ७८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको प्रोभिजन रकम १० करोड ४४ लाख ३४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव शून्य पाँच प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले २१ अर्ब ७३ करोड ९३ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३३ करोड ४९ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५५ करोड ८२ लाख ७६ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुुुपात शून्य दशमलव शुन्य एक प्रतिशत रहेको थियो ।