• २०८१ बैशाख १३ बिहीबार

सबैभन्दा बढी भ्रष्ट्राचार राजनीतिमा – मदनकृष्ण श्रेष्ठ 

kharibot

काठमाडौँ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले देशमा केहि भइरहेको अनुभव भएको बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा गर्ने कार्यक्रममा बोल्दै मदनकृष्णले कार्यक्रममा देखेको भव्य उपस्थितिले देशमा केहि राम्रो काम हुन लागेको आफुलाई अनुभव भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बिग्रेको बेइमानीले गर्दा हो भन्दै देशमा सबैले पैसालाई मात्र महत्व दिएको बताए । इमान्दार साथ कम गर्दा त हुने रैछ भन्दै आफुले धुर्मुस सुन्तलीलाई सलाम गरेका थिए ।

जताततै भ्रष्ट्राचार मात्र देख्ने गरेको बताउदै सबै भन्दा बढी भ्रष्ट्राचार राजनीतिमा हुने गरेको बताए । राजनीति पछि ब्युरोक्रेसीमा भ्रष्ट्राचार रहेको बताए । जताततै भ्रष्ट्राचार भएपनि कारवाही भने नभएको बताए । उनले ८-१० भ्रष्ट्राचार गर्नेलाई भने कारवाही भइरहेको बताए । हुदा हुदा कलाकारितामा पनि भ्रष्ट्राचार भएको भन्दै मदनकृष्णले धुर्मुस सुन्तलीले कलाकारको इज्जत जोगाएको बताए ।

उनले धुर्मुस सुन्तलीलाई स्याबास भन्दै पैसाको मामिलामा सजक भएर एक एक हिसाब क्लियर गर्न सजक बनाएका थिए । इमान्दार भएर काम गर्न सल्लाह दिदै देश अगाडी बढाउन इमान्दार भए पुग्ने बताए ।  
    


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै