• २०८१ बैशाख ११ मंगलबार

आगामी १० बर्षभित्र देशको राजनीति शुद्ध हुन्छ – प्रचण्ड 

kharibot

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुद अब खेलमात्र नभएर अहिले आर्थिक समृद्धिको नयाँ आयाम बनेको बताएका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा बनाउने अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको औपचारिक घोषणा सभामा बोल्दै प्रचण्डले धुर्मुस-सुन्तलीले आफुले पाएको दर्शकको मायालाई राष्ट्र निर्माणमा लगाएको बताए । धुर्मुस-सुन्तलीले देशलाई समृद्धिको बाटो तिर लगेकोमा बधाई दिएका थिए ।

प्रचण्डले धुर्मुस सुन्तलीलाई हेरेर आफुपनि कलाकारिता तिर लाग्नु पर्ने रैछ भन्दै व्यंग्य गरेका थिए । प्रचण्डले देशलाई अगाडी लैजान राजनीतिले नै गर्नुपर्ने बताउदै आगामी १० बर्षभित्र देशको राजनीति शुद्ध हुने दाबी गरे । कलाकार मदनकृष्ण श्रेष्ठले देशमा राजनीति सबै भन्दा बढी भ्रष्ट्रचार हुने गरेको भनाई प्रति जवाफ दिदै प्रचण्डले राजनीति दश बर्षभित्र शुद्ध हुने बताए ।   

भरतपुरमा रंगशाला बन्ने यो अवसरमा एउटा ज्योति बल्न लागेको बताउदै यो नयाँ काम भएको बताए । प्रचण्डले यसमा कसैको केहि स्वार्थ नभएको भन्दै सबै मिलेर यो पवित्र काममा सहयोग गर्ने अपिल समेत गरे ।

घोषणा सभामा देखिएको वातावरण नै समृद्धिको वातावरण भएको बताउदै प्रचण्डले देशकालागि केहि गरौ भन्ने भावनाले नै देशलाई समृद्धि तिर लैजाने बताए । अब स्वास्थको लागि खेल, राष्ट्रको लागि खेल भन्ने भनाई अब आर्थिक समृद्धिको लागि खेल भन्ने भएको बताउदै खेलकुद अब एउटा उद्योग बन्दै गएको बताए ।

यो क्रिकेट रंगशाला मात्र बनाउने यो अभियान नभएको भन्दै यो नेपाललाई नै एकताबद्ध बनाउने कम भएको प्रचण्डले बताए ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै