• २०८१ बैशाख ८ शनिबार

यस्तो बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (फोटो फिचर) 

kharibot

काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा बनाउने अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको औपचारिक सम्झौता गरिएको छ । भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच रंगशाला बनाउने सम्झौतामा हस्ताक्षर भएको हो ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सरकारका मन्त्रीहरु, सांसद तथा अन्य विशिष्ट व्यक्तिहरुको रोह्भरमा सो सम्झौता गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रंगशाला बन्ने भएको हो ।
रंगशाला निर्माण सम्पन्न गर्न करिब ३ अर्बको लागत लाग्ने अनुमान गरिएको फाउन्डेसनले जानकारी गराएको छ । 

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्नेछ । रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनले बताए । सो रंगशालालाई एकेडेमीका रूपमा विकास गरिने लक्ष्य राखिएको छ । यस रंगशालामा क्रिकेटका अलावा, फुटबल, तेक्वान्दो, स्विमिङ, डन्डीबियो, भलिबल लगायतका खेलहरु पनि खेल्न मिल्ने गरि रंगशाला बनाइने भएको छ । 

साथै रंगशाला बाहिर नेपालका प्रमुख धार्मिक स्थलको प्रतिनिधित्व हुने गरि ति स्थलको पनि निर्माण गरिने फाउन्डेसनले जनाएको छ । 

सो जग्गा रंगशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यस अघि नै सम्झौता भइसकेको छ । सामाजिक क्षेत्रमा सक्रिय फाउण्डेशनले नेपालमा रंगशाला निर्माण गर्ने जनाएसँगै स्वदेशी र विदेशी नेपालीहरू उत्साहित भएका थिए । कतिपय देशमा रंगशाला निर्माणका लागि रकम सङ्कलन समेत थालिएको थियो ।

कट्टेलका अनुसार औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइने छ । 

राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ । अध्यक्ष कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रंगशाला नेपालमा बन्ने बताए ।

२ बर्षभित्र बन्ने रंगशालाको थ्रीडी तस्बीर यस्ता छन् :
 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै