• २०८१ बैशाख १३ बिहीबार

स्ववियु परिचालन कमिटीको संयोजकमा टुकलाल गैरे

kharibot

कपिलवस्तु । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारीमा विभिन्न विद्यार्थी संगठनहरु जुट्न थालेका छन् ।

यसैक्रममा सत्तारुढ दल नेकपाको कपिलवस्तुमा स्ववियु निर्वाचनका लागि स्ववियु परिचालन कमिटी गठन गरिएको छ । अनेरास्ववियुका केन्द्रीय संदस्य टुकलाल गैरेको संयोजकत्वमा १३ सदस्यीय स्ववियु परिचालन कमिटी गठन गरिएको छ । कमिटीको सहसंयोजकमा बाबुराम अर्याल र शिव बन्जाडे रहेका छन् । 

त्यस्तै सदस्यहरुमा सागर घिमिरे, उज्ज्वल अधिकारी, जीएन पाण्डे, दयाराम पौडेल, इन्दिरा पौडेल, सन्दीप आचार्य, अन्जित खनाल शिशिर लामिछाने, मोहन शर्मा र प्रदीप खनाल रहेका छन् ।

परिचालन कमिटी गठन कार्यक्रम नेकपाका कपिलवस्तु जिल्लाका प्रस्तावित अध्यक्ष झबिलाल पोख्रेलको अध्यक्षता र पार्टी सचिव विष्णु शाहाको संचालनमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा पार्टी केन्द्रीय सदस्य बिमला घिमिरे प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् भने नेकपा प्रदेश तहका नेताहरुको पनि उपस्थिति थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै